दोश्रो पोखरा प्रिमियर लिग हुने, कहिलेबाट शुरु ?

Sports

६ असोज, काठमडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कार्तिकबाट शुरु हुने भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता कात्तिक २६ गतेबाट मंसिर ७ गतेसम्म चल्ने जानकारी दिएको हो ।
पोखरा क्रिकेट रंगशालामा हुने प्रतियोगितामा पहिलो संस्करणकै ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। पीपीएलमा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुनेछ ।

गतवर्ष भएको पहिलो संस्करणमा पारस खड्काको नेतृत्वको टोली चितवनलाई पराजित गर्दै शरद भेषावकर नेतृत्वको घरेलु टोली पोखरा पल्टनले उपाधि जितेको थियो । गत संस्करणको विजेताले २७ लाख तथा उपविजेतालाई १० लाख पाएका थिए।

source:nepaliheadlines

Comment(टिपणी)